PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

श्रममन्त्री मन्सुरको आरोपः एमाले र मधेस केन्द्रीत दल दुवै बिखण्डनवादी



रासस

श्रममन्त्री मन्सुरको आरोपः एमाले र मधेस केन्द्रीत दल दुवै बिखण्डनवादी

गौशाला : श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेकपा एमाले र मधेस केन्द्रीत दल दुवै बिखण्डनवादी रहेको आरोप लगाएका छन्। 

महोत्तरीको जलेश्वरमा आज आयोजित पत्रकार भेटघाटमा मन्त्री मन्सुरले एमाले र मधेस केन्द्रीत दलको हठका कारण संविधानले सर्वस्वीकार्यता पाउन नसकेको बताए।

मन्त्री मन्सुरले एमालेले सधैँ पहाडवादी राष्ट्रवादको नारा लगाएर मधेस र मधेसीलाई गाली र अपमानित गर्ने गरी पहाडे समुदायलाई मधेश विरोधी खडा गर्ने तथा मधेस केन्द्रीत दलले सधैँ मधेसवादी राष्ट्रवादको नारा लगाएर पहाड र पहाडे समुदायलाई गाली र अपमानित गर्ने काम गरेर देश बिखण्डनको दिशामा हिडाउन खोजेको आरोप लगाए। 

मन्त्री मन्सुरले राजपाले उठाएका शहिद घोषणा, घाइतेको उपचारलगायतका माग पूरा हुने अवस्थामा रहेका र ती सबै काम नेपाली कांग्रेसले नै गराएको दाबी गर्दै नेपाली जनताको हक, अधिकार, देशमा दिगो शान्ति र विकासका लागि नेपाली कांग्रेस सधैं तत्पर रहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell