PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै



रासस

नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै

नवलपरासी । नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ। छ लाख ९० हजार जनसंख्या रहेको जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ६९ हजार १०५ मेट्रिक टन दूध उत्पादन भएको थियो।

जिल्लामा औसतमा प्रतिव्यक्ति ९८ लिटर दूध पुग्ने अवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिव आचार्यले जानकारी दिए। 

आचार्यका अनुसार जिल्लामा प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो मासु उपभोग गर्नुपर्ने देखिएको छ। उक्त मापदण्डलाई जिल्लाले पूरा गरेको छ। जिल्लामा गत अािर्थक वर्षमा १३ हजार ७१९ मेट्रिक टन स्वस्थ मासु उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ। 

पशुपन्छीजन्य वस्तुमा आत्मनिर्भर जिल्ला घोषणा गर्नका लागि भविष्यमा उक्त वस्तुको उत्पादनमा वृद्धि हुने आधार हुनुपर्ने, उपभोगका लागि अन्य जिल्लाबाट आयात गर्न नहुने र सो ठाउँका व्यक्तिले उक्त वस्तु उपभोग गर्नुपर्नेलगायत महत्वपूर्ण सूचक रहेका छन्।

जिल्लालाई दूध र मासुमा आत्मनिर्भर जिल्ला घोषणा गर्नका लागि पर्याप्त मात्रामा उत्पादन भएपनि दूध र स्वस्थ मासु उपभोग गर्नमा सर्वसाधारण सचेत नरहेको, उत्पादन दरलाई कायम राख्न र वृद्धि गर्न पर्याप्त आधार नभएको तथा स्थानीय स्तरबाट आएको तथ्याङ्कसमेत यथार्थ यकिन हुन नसकेकाले दूध र मासुमा आत्मनिर्भर जिल्ला घोषणा गर्न नसकिएको कार्यालयले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell