PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

२४ हजार पर्यटकद्वारा इलामको कन्याम भ्रमण



रासस

इलाम : गत आर्थिक वर्ष २०७३/७४ मा इलाम भित्रिएका ६६ हजार पर्यटकमध्ये २४ हजारले पर्यटकीयस्थल कन्यामको भ्रमण गरेका छन् । यहाँ भित्रिने अधिकांश पर्यटकको रोजाइमा कन्याम पर्ने गरेको छ । 

मनोरम चिया बगान, हरियाली, शीतलतासँगै सुन्दरताले भरिपूर्ण कन्याममा पर्यटकको चाप बढेको कन्यामका स्थानीय बासिन्दा काजीमान कागते बताउँछन्।

सूचना केन्द्र जोरकलशका गगन घिमिरेका अनुसार २९ हजार ८२९ महिला र ३६ हजार ४७० पुरुष गरी कुल ६६ हजार २९९ जनाले इलामको भ्रमण गरेका थिए। 

पर्यटकले पाथीभरा, पशुपतिनगर, इलाम सदरमुकाम, फिक्कल, श्रीअन्तु करफोक र माईपोखरीको भ्रमण गरेका थिए। इलाम हुँदै पर्यटक फिदिम ताप्लेजुङ र तेह्रथुमसम्म पुग्ने गरेका छन्।

सत्र हजार १९२ जनाले पशुपतिनगरको, इलाम सदरमुकामको १७ हजार ५५६ जनाले, फिक्कलको चार हजार ३३२ जनाले तथा ७४४ जनाले अन्तु क्षेत्रको भ्रमण गरेका थिए । गत आर्थिक वर्षमा १५४ विदेशी पर्यटकले इलाम भ्रमण गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell