PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

किन हुन् शाहरुख खान रोमान्सको बादशाह?



पहिलोपोस्ट

किन हुन् शाहरुख खान रोमान्सको बादशाह?

बलिउडमा रोमान्सको कुरा चल्दा सबैभन्दा पहिले शाहरुख खानको नाम आउँछ। 'फौजी' र 'सर्कस' जस्ता टेलिश्रृङखलाबाट अभिनय यात्रा सुरु गरेका उनले रोमान्टिक जानराको फिल्म 'दीवाना'बाट डेब्यु गरे।

हुन त बलिउडका अन्य दुई स्टार खान सलमान खानले 'मेने प्यार किया' र आमिर खानले 'क़ामत से कयामत तक' जस्तो रोमान्टिक फिल्मबाटै डेब्यु गरे। तर उनीहरुलाई रोमान्स किङको संज्ञा दिइएन। जब की अब्बास मस्तानको फिल्म 'बाजीगर' र यश चोपडाको 'डर'मा उनी नकारात्मक भूमिकामा पनि देखिएका शाहरुख खानलाई नै रोमान्स किङ भनियो। 'दिल वाले दुल्हनिया ले जायङ्गे', 'दिल तो पागल है', 'परदेश', 'कुछ कुछ होता है', मोहब्बते', 'विर जारा', 'कल हो ना हो', 'जब तक है जान' जस्ता फिल्मकै छाप गाढा बस्यो। 



शाहरुखले २५ वर्ष लामो फिल्म करियरमा सुपरहिट रोमान्टिक जानराका फिल्महरु दिए।

फिल्म समिक्षक अजय ब्रह्मात्मज भन्छन्,'शाहरुख खान बाहिरबाट आएका कलाकार थिए। उनलाई फिल्म छान्ने स्वतन्त्रता थिएन। जस्तो फिल्म मिल्यो त्यस्तै फिल्म गरे।' संयोग बस् फिल्महरु सफल भए। शाहरुख अभिनित फिल्म 'दिल वाले दुल्हनिया ले जायेङ्गे'ले त उनको जीवनमा मात्र होइन बलुउडमै नयाँ मोड ल्याएको अजय बताउँछन्। उनका अनुसार निर्देशक यश चोपडा, आदित्य चोपडा, करण जौहर जस्ता रोमान्टिक फिल्म निर्देशनमा अगाडी रहेकाले शाहरुखको कामलाई विश्वास गर्नुले पनि उनलाई सुन्दर रोमान्टिक फिल्महरु दिलायो।



'शाहरुखको प्राय भूमिकाले मध्यम उच्च वर्गको केटाहरुलाई सम्बोधन गर्छ, जसलाई संघर्ष गर्नु पर्दैन, काम गर्नु पर्दैन। बस् उसले प्रेम गरे पुग्छ', अजय भन्छन्,'यस्तै रोमान्टिक केटोलाई दर्शकले रुचाए। अजयका अनुसार सुपरहिट रोमान्टिक गीतहरुका कारण पनि शाहरुख खानको अभिनय थप चर्चामा आएको हो। 'शाहरुखले आफ्नो अभिनय र स्टाइलको एउटै ब्राण्ड बनाए। तर सलमान र आमिरले नयाँपन खोजे', अजय ब्रह्मात्माज भन्छन्,'अब रोमान्स उनको कमजोरी बन्न सक्छ। किनकी उनको उमेर बढ्दो छ र सधैं २५ वर्षिय युवाको भूमिका उनलाई सुहाउँदैन।'

पत्रकार जयप्रकाश चौकसेका अनुसार भने शाहरुखलाई रोमान्स किङको उपमा मिडियाले दिएको हो। जसको फाइदा शाहरुख खान आजसम्म उठाउँदै आएका छन्। भने,'दिलिप कुमार, राजेश खन्ना जस्ता कलाकारको समयमा मिडिया कम थियो त्यसैले कलाकारले स्पेस पनि कम पाए। तर अहिले आवश्यक समाचार र प्रचारका लागि जति पवि मिडिया छन्।'



फोटोग्राफर आरटी चावला भन्छन्,'रोमान्स किङ नाम त पाए तर सुरुवाती दिनमा उनी अभिनेत्री वा अन्य युवतीसँग फोटो पनि खुचाउँदैन थिए। माथुरी दिक्षित र श्रीदेवीसँग पनि फिल्म गरेपछि मात्र फोटो खिचे।'

शाहरुख खानसँग अभिनय गरेका अभिनेत्रीहरुको शाहरुख खान जोसँग पनि रोमान्स गर्न सक्ने विश्वास राख्छन्। चाहे त्य सामान नै किन नहोस्।

यस विषयमा शाहरुख खानले बिबिसी हिन्दीसँग भने,'मैले आफ्नो करियरमा धेरै रोमान्टिक फिल्म गरें। जसमध्ये ४/५ वटा सुपर हिट भए। तीनै सफल फिल्मका कारण मेरो एउटै स्टालको छाप बसेको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell