PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

मोरङमा थपिए २० हजार मतदाता 



रासस

मोरङमा थपिए २० हजार मतदाता 

विराटनगर : मोरङमा २० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत साउन १७ गतेसम्ममा २० हजार १५१ जना नयाँ मतदाता थपिएका हुन्।

तीमध्ये पुरुष दस हजार २८१, महिला नौ हजार ८६९ र एक जना तेस्रोलिङ्गी मतदाता रहेको पूर्वक्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। 

मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका छन्। ती सबैमा फोटोसहितको मतदाता नामावली संकलन कार्य भइरहेको छ। 

साउन–१ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलन कार्य साउन ३२ गतेसम्म जारी रहने छ। फोटोसहितको मतदाता नामावली दर्ता गराउनेहरुको उत्साहजनक सहभागिता देखिएका छन्। 

जिल्लास्थित निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली संकलन कार्य निरन्तररुपमा जारी रहने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell