PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

जिसस जाजरकोटमा कांग्रेस–माओवादी गठबन्धन विजयी



रासस

जिसस जाजरकोटमा कांग्रेस–माओवादी गठबन्धन विजयी

जाजरकोट : जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस माओवादी गठबन्धन विजयी भएको छ। 

संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सहसंयोजकमा नेपाली कांग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन्। 

जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनमा कुल १४ मतमध्ये रावल आठ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोरे कार्कीले ६ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

सदस्यहरुमा कांग्रेसबाट तेजविक्रम शाह, कल्दर सिंह, जनक बादी र जुनकिरी दमाईं तथा माओवादी केन्द्रबाट वीरबहादुर रावत, गरिमा शाही र सरस्वती वष्ट शाह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिए। 

जाजरकोटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठवन्धन भएको थियो। दलीय सहमतिअनुसार दुई दलले गत आइतबार संयुक्त रुपमा मनोनयनपत्र दर्ता गरेका थिए। सहमतिअनुसार संयोजकसहित चार पदमा माओवादी केन्द्रले र सहसंयोजकसहित पाँच पदमा कांग्रेसले मनोनयनपत्र दर्ता गरेका थिए। 

जिल्लाका सातवटा स्थानीय तहका प्रमुख–उपप्रमुख गरी १४ जनाले जिल्ला समन्वय समितिको नौ पदका लागि मतदान गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell