PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

शीर्ष नेतालाई चुनावी अभियानमा खटाउने माओवादी केन्द्रको निर्णय, प्रचण्ड सिरहा जाने



पहिलोपोस्ट

शीर्ष नेतालाई चुनावी अभियानमा खटाउने माओवादी केन्द्रको निर्णय, प्रचण्ड सिरहा जाने

काठमाडौं : नेकपा माओवादी केन्द्रले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको प्रचारप्रसार अभियानमा शीर्ष नेताहरुलाई खटाउने भएको छ।

लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आज बसेको केन्द्रीय कार्यालय बैठकले असोज २ गते हुने २ नम्वर प्रदेशको निर्वाचनमा पार्टीका शीर्ष नेताहरुलाई खटाउने निर्णय गरेको हो। 

बैठकले अध्यक्ष प्रचण्डलाई सिरहा, नारायणकाजी श्रेष्ठलाई सर्लाही, रामबहादुर थापालाई धनुषा, हरिबोल गजुरेललाई रौतहट, दीनानाथ शर्मालाई पर्सा, चक्रपाणि खनाललाई सप्तरी, डिलाराम आचार्यलाई बारा र विश्वभक्त दुलाललाई महोत्तरी जिल्लामा खटाउने निर्णय गरेको हो।

बैठकले सात वटै प्रदेशमा राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई सहभागी गराई पार्टी प्रशिक्षण सञ्चालन गर्ने र प्रदेशस्तरीय बैठक सम्पन्न गर्ने निर्णय पनि गरेको छ।

बैठकले प्रादेशिक र संघीय निर्वाचनका लागि केन्द्रीय कार्यालयका सदस्यहरुको कार्यविभाजनसमेत गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell