काठमाडौं: फिल्म रुद्रप्रियाको पहिलो गीती भिडियो सार्वजनिक भएको छ। गत आइतबार सार्वजनिक गीत 'मेरो माया छ भने' बोलको भिडियो बुधबार युट्ट्युबमार्फत सार्वजनिक भएको हो।
गीतमा केही अघि चर्चामा आएको सेटको प्रयोग देख्न सकिन्छ। रेखा थापाले उक्त स्टेजको मात्र बजेट २० लाख रहेको बताएकी थिइन्। भिडियोमा सात वर्षपछि एकसाथ पर्दामा देखिन लागेका कलकार रेखा थापा र आर्यन सिग्देलको फिचरिङ रहेको छ। भिडियोलाई प्रविण सिंहले कोरियोग्राफ गरेका हुन्।
आउँदो कात्तिक २ गतेबाट प्रदर्शनमा आउने फिल्मको उक्त गीतमा राजनराज सिवाकवटीको शब्द, स्वर र संगीत रहेको छ। राजनराजसँगै मेलिना राईले स्वर दिएका छन्। गीतमा राजन इशानको एरेञ्ज रहेको छ। सात वर्षपछि एकसाथ फिल्ममा देखिन लागेका रेखा थापा र आर्यन सिग्देलको रुद्रप्रियामा मुख्य भूमिका रहेको छ। फिल्मलाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन्। सरस्वती थापा र रमेश एमके पौडेलको निर्माण रहेको फिल्मलाई संजय लामाले खिचेका हुन्।
यस्तो छ डान्सिङ नम्बरको भिडियो: