A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a723b41868092.70113439): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a723b41868092.70113439,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

मुग्लिन–नारायणगढ सडकको अनुगमनमा प्रधानमन्त्रीः ‘ढिलासुस्ती  गर्नेलाई कारवाही, छिटो गर्नेलाई पुरस्कार’
PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

मुग्लिन–नारायणगढ सडकको अनुगमनमा प्रधानमन्त्रीः ‘ढिलासुस्ती  गर्नेलाई कारवाही, छिटो गर्नेलाई पुरस्कार’



पहिलोपोस्ट

मुग्लिन–नारायणगढ सडकको अनुगमनमा प्रधानमन्त्रीः ‘ढिलासुस्ती  गर्नेलाई कारवाही, छिटो गर्नेलाई पुरस्कार’

काठमाडौंः  प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माणको काम छिटो सक्न निर्देशन दिएका छन्। व्यापक जनगुनासोपछि आफैं सडक अनुगमनमा निस्किएका प्रधानमन्त्री देउवाले दासढुंगा पुगेर सडक निर्माणमा हेलचक्राई गर्ने ठेकेदार र कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका हुन्।

‘यो सडक मुलुकको लाईफ(लाईन हो, तपाईहरुले यो सडकमा कुनै ढिलासुस्ती गर्नुभयो भने त्यो सहन सकिदैन,’ प्रधानमन्त्रीले आयोजना पुमुख र ठकेदारहरुला अगाडि राखेर भने, ‘कामको गतिलाई तिव्रता दिएर जतिसक्दो छिटो यो सडक निर्माण पुरा गर्नुहोस्।’

प्रधानमन्त्री देउवाले सडक निर्माणका क्रममा सरकारी पक्षबाट कुनै समस्या वा अल्झन देखिए त्यसलाई आफू तत्काल समाधान गर्न तयार रहेको बताए। ‘सडक चाडो निर्माण गर्न सरकारी कुनै निकायबाट कुनै खालको ढिलासुस्ती भएको छ भने सिधै मलाई भन्नुहोस्,’ प्रधानमन्त्रीले भने, ‘म तुरुन्त त्यो समस्या समाधान गर्छु।’

प्रधानमन्त्रीले सडक निर्माणको मुख्य दातृ निकाय विश्व बैकसँग पनि समस्या भए आफूले कुरा गर्ने बताए। प्रधानमन्त्रीले चितवनको रामनगरबाट मुग्लिनतर्फ २० किलोमिटर स्थलगत अवलोकन गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले स्थलगत अवलोकनपछि निर्माणको जिम्मा पाएका ठकेदारहरुलाई तत्काल काममा तिब्रता दिएर दशैंसम्ममा सवारी साधनको सहज आवत जावत हुने बन्दोवस्ती गर्न पनि निर्देशन दिए। 

‘चाडवाडको समय आउन लागेको छ। दैश अघि जसरी पनि सवारी साधान आवतजावत सहज हुने गरी काम गर्नहोस्’ प्रधानमन्त्रीले निर्देशन दिए। उनले छिटो काम सम्पन्न गर्ने ठकेदारलाई पुरस्कृतसमेत गर्ने बताए।  

‘तपाई ठेकेदारहरुले मुलुकका लागि यति धेरै महत्व राख्ने यो सडक निर्माणमा ढिला सुस्ती गर्दा यसको चौतर्फि असर हुन्छ,  काममा हेलचेक्राई भएको पाईएमा जसबाट भएको छ उसलाई म कारवाही गर्छु र राम्रो काम गरेर छिटो सम्पन्न गर्नुभयो भने पुरस्कृत पनि गर्छु।’

प्रधानमन्त्रीले सडक निर्माणका क्रममा कामदारलगायत सबैको सुरक्षामा ध्यानदिन पनि ठकेदारहरुलाई निर्देशन दिए। 

‘सडक निर्माणमा कामदारको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ। त्यसैले कामदारको सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्ड अपनाउनुहोस्’ प्रधानमन्त्रीले भने, ‘सडकमा हिड्ने बटुवा र यात्रुहरुको सुरक्षालाई पनि ध्यान दिएर सडकमा देखिएका जोखिमहरु तत्काल व्यवस्थापन गर्नुहोस्।’ 





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell