PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

मुग्लिन-नारायणगढ सडकखण्ड : बस त्रिशुलीमा खस्यो, जिप पहिरोमा पुरियो

मुग्लिन-नारायणगढ सडकखण्ड : बस त्रिशुलीमा खस्यो, जिप पहिरोमा पुरियो

राजेन्द्र आचार्य/पहिलोपोस्ट


चितवन : मुग्लिङ–नारायणघाट सडक खण्डको दुई किलाे र ३ किलाेमा बुधबार राति बस र जिप दुर्घटनामा परेको छ।

काठमाडौंबाट इलाम जाँदै गरेको ना ७१२१ नम्बरकाे यात्रु बस उक्त सडक खण्डको त्रिशुली नदिमा खसेकाे हाे। ढुङ्गा झर्न लाग्दा यात्रु भागेकाेले मानवीय क्षति भने भएकाे छैन।

सँगै आएकाे बा १५ च  ९३८१ नम्बरको जिप समेत पुरिएकाे जिल्ला प्रहरी कायालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए। ठूलाे पहिराे भएकाेले भाेलि बिहान ४ बजेबाट मात्रै बाटाे पन्छाउने काम हुने उनले बताए।  

बस अनियन्त्रित हुन थालेपछि यात्रुहरु सबै झरेको कारण कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। बस खस्न थालेपछि चालकले ब्याक गर्दा सबै यात्रु सकुशल झर्न सफल भएका थिए।

चालकसहित बस खोलामा खसेपनि अहिले चालक सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सडकखण्डको निरीक्षण गरेका थिए। पहिरो आउने ठाउँमा सुरक्षाको कारण देखाई प्रधानमन्त्रीलाई जान दिइएको थिएन। 

 


ट्रेन्डिङ पोस्ट

Ncell