PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

बोक्सीको आरोपमा दाङमा महिलामाथि कुटपिट



रासस

बोक्सीको आरोपमा दाङमा महिलामाथि कुटपिट

दाङ: बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ।

लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन्। कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुगेकी छन्।

पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपिट गरेको बताइन्।

पीडित विकले बुधबार प्रहरी कार्यालयमा उजुरी दिएकी छन्। वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले घटनामा संलग्न देखिएका व्यक्ति दोषी ठहरिएमा प्रचलित कानूनबमोजिम कारबाही हुने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell