PahiloPost

Jun 24, 2025 | १० असार २०८२

हलेसी मन्दिर प्रवेशमा शुल्क नलिन नगरपालिकाको निर्देशन



पहिलोपोस्ट

खोटाङ: हलेसी तुवाचुङ नगरपालिकाले खोटाङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी प्रवेशमा शुल्क नलिन निर्देशन दिएको छ।

यसअघि मन्दिर व्यवस्थापन समिति र हलेसी विकास समितिले लिएको शुल्क व्यवस्थित र पारदर्शी नभएको भन्दै शुल्क नलिन निर्देशन दिएको हो।

नगरपालिकाले दिएको निर्देशनलगत्तै शुल्क लिन छाडिएको विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए। “दर्शनार्थीको भीडलाई व्यवस्थापन गर्न सामान्य शुल्क लिने व्यवस्था गरिएको थियो” उनले भने, “नगरपालिकाको निर्देशनपछि तत्कालै शुल्क लिन छाडिएको छ।”

हलेसीबाट सीमित व्यक्तिले फाइदा उठाइरहेकाले तत्काललाई शुल्क नलिन निर्देशन दिइएको नगरपालिकाका प्रमुख ईवन राईले बताए। “हलेसीको समग्र विकासका लागि हामीले पहल थालेका छौँ।” उनले भने, “व्यवस्थित नभएसम्मका लागि सबै किसिमको शुल्क नलिन निर्देशन दिइएको हो।”

मन्दिर व्यवस्थापन समिति र विकास समितिले यसअघि महादेवथानमा अघोषितरुपमा मोटो रकम र बसाहाथानमा घोषितरुपमै प्रतिव्यक्ति रु १० लिने गरेको थियो। यससँगै हलेसीका स्थानीयले यसअघि त्यहाँ आउने भक्तजन तथा पर्यटकबाट विभिन्न बहानामा चर्को शुल्क लिने गरेको गुनासो आउने गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell