PahiloPost

Jun 24, 2025 | १० असार २०८२

बुटवल उपमहानरद्वारा संसदीय ढाँचाको कार्यविधि तय



पहिलोपोस्ट

बुटवल उपमहानरद्वारा संसदीय ढाँचाको कार्यविधि तय

बुटवल: स्थानीय तहको नयाँ संरचनाअनुसार स्थानीय सरकारका रुपमा रहेको नगरसभाको कार्यविधि बुटवल उपमहानगरपालिकाले तय गरेको छ।

नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बुधबार बसेको तेस्रो नगर कार्यपालिकाको बैठकले उपमहानगर कार्यविधि तय गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए। नगरसभा पुर्णतया संसदीय ढाँचामा सञ्चालन गरिने कार्यविधि तय गरिएको छ। उपमहानगरको पहिलो नगरसभा यही साउन ३२ गतेदेखि सुरु हुने भएको छ।

नगरको विकासमा गुणस्तरीय नभएको भन्ने पटक-पटकको जनताको गुनासो आउने गरेको भन्दै विकास निर्माणको गुणस्तर कायम गर्न परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय भएको प्रवक्ता रेग्मीले जानकारी दिए।

यस्तै, नगर कार्यपालिकाको बैठकले उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा राजस्व परामर्श समिति गठन गरेको छ। यस्तै, उपमहानगरपालिकाको कार्य सञ्चालनका लागि विभिन्न ६ विषयगत समितिसमेत गठन गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए।

यस्तै, बैठकले बुटवल अटो भिलेज पूर्वाधार विकास आयोजनाको ठेक्का स्वीकृत गर्नुका साथै अटो भिलेज कम्पनीको सञ्चालक समितिमा वडा नं २ का अध्यक्ष रमेश नेपाल र वडा नं ११ का अध्यक्ष रामचन्द्र खनाललाई पठाउने निर्णय गरेको प्रवक्ता रेग्मीले जानकारी दिए।

बुटवलमा सार्वजनिक सवारीका रुपमा सेवा सञ्चालन गरिरहेका अटो रिक्साको व्यवस्थापनका लागि वडा नं ९ का अध्यक्ष विष्णुबहादुर थापाको संयोजकत्वमा समिति गठन गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell