PahiloPost

Jun 24, 2025 | १० असार २०८२

भरतपुर १९ मा मतदानको तयारी अन्तिम चरणमा, निर्वाचन आयुक्त अनुगमनमा आउँदै



पहिलोपोस्ट

भरतपुर १९ मा मतदानको तयारी अन्तिम चरणमा, निर्वाचन आयुक्त अनुगमनमा आउँदै

चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १९ मा शुक्रबार हुने मतदानबारे जानकारी लिन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालसहितको टोली आज चितवन आउँदैछ। आयुक्त पौड्यालसहितको टोलीले निर्वाचन तयारीबारे जानकारी लिनेछ।

मतपत्र च्यातिएपछि दुई महिनादेखि अनिर्णित भरतपुर १९ मा अदालतको आदेश अनुसार शुक्रबार निर्वाचन हुँदैछ।

चितवनमा निरन्तरको वर्षातका कारण मतपत्रको सुरक्षाका लागि टेण्टको व्यवस्था गरिएको छ। वर्षातका कारण मुग्लिन नारायणगढ सडकखण्डको पहिरोका कारण कतिपय मतदाता समेत बीच बाटामै अलपत्र छन्।

यसैबीच भरतपुर महानगर वडा नम्बर १९ मा हुने पुन: मतदानका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने कामहरु अन्तिम चरणमा पुगेको छ। शुक्रबार हुने मतदानका लागि उपसचिव स्तरका ६ जनालाई मतदान अधिकृतमा खटाइएको सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले जानकारी दिए।

मतदान केन्द्रमा मतदान अधिकृतसहित ३६ कर्मचारी खटाइएको घिमिरेले बताए।

वडा नम्बर १९ मा ३ वटा मतदानस्थलमा ६ वटा केन्द्रबाट मतदाताले सहज रुपमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ। उनले पुनः मतदानमा निर्धक्क भएर मतदान गर्न मतदातामा अनुरोध पनि गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell