PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले नियुक्त



पहिलोपोस्ट

योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले नियुक्त

काठमाडौँः राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.स्वर्णिम वाग्ले नियुक्त भएका छन्। आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि उपाध्यक्ष पद खाली थियो।उनी दुर्इ पटक आयोगको सदस्य भइसकेका छन्।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा. वाग्लेलाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि उनी आयोगको सदस्य थिए। 
सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार क्षेत्रका विज्ञ वाग्ले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा पनि योजना आयोगका सदस्य थिए। 

अष्ट्रेलियाको अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन्। 

उनले विश्व बैकको मुख्यालय वासिङ्टन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए। राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेशकको रुपमा काम गरेको अनुभव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell