PahiloPost

Jun 24, 2025 | १० असार २०८२

नेपाल प्रहरीका ११ डिआइजी एआइजीमा बढुवा



पहिलोपोस्ट

नेपाल प्रहरीका ११ डिआइजी एआइजीमा बढुवा

काठमाडौँ: मन्त्रिपरिषदले नेपाल प्रहरीका ११ डिआइजीलाई एआइजीमा बढुवा गरेको छ। बिहीबार बिहान बसेको बैठकले बढुवा समितिको सिफारिस अनुसार एआइजीमा बढुवा गरेको हो।

एआइजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरी राज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन्। 

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले ११ डिआइजीलाई एआइजीमा बढुवा गरेको जानकारी दिए। 



बढुवा समितिले असार ३० गते ११ डिआइजीलाई एआइजीमा सिफारिस गरेको थियो। वरिष्ठता क्रममा पहिलो नम्बरमा रहेका डिआइजी नवराज सिलवाललाई भने बढुवामा सिफारिस गरिएको थिएन।  

यसअघि मन्त्रिपरिषदले एआइजीको संख्या ११ पुर्‍याउने निर्णय गरेको थियो। 

प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षक (आइजी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को पदमा नियुक्त गर्ने अधिकार नेपाल सरकारलाई छ। एआइजीमा बढुवाका लागि गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव सदस्य तथा प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बढुवा समितिले सिफारिस गर्ने गर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell