PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

एसियन जुनियर बक्सिङमा युवा मुक्केबाज ओम पराजित



पहिलोपोस्ट

एसियन जुनियर बक्सिङमा युवा मुक्केबाज ओम पराजित

काठमाडौं : एसियन  जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालका युवा मुक्केबाज ओम परियार  पराजित भएका छन्।

फिलिपिन्सको मनिलास्थित पुर्तो प्रिन्सेसा शहरमा बुधवबार भएको ४९ केजी तौल समूहको प्रतिस्पधात्मक खेलमा नेपालका ओम भुटानका मुक्केबाज वाङ चुक टान्तडिनसँग अंकका आधारमा पराजित भएको नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले फिलिपिन्सबाट जानकारी गराए। 

सदस्य ओमले टिम ब्यवस्थापकको रुपमा नेपाली टोलीको नेतृत्व गरेका थिए। प्रशिक्षकको भूमिकामा काजकिस्तानका बक्सिङ प्रशिक्षक मुख्तार बर्दिमतोभले निर्वाह गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell