PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

भीम रावलको आरोपः कांग्रेस र माओवादीले सत्ताको दुरुपयोग गरे



राजेन्द्र आचार्य

भीम रावलको आरोपः कांग्रेस र माओवादीले सत्ताको दुरुपयोग गरे

चितवनः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बर्तमान सरकारले सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन्।

चितवनको भरतपुर विमानस्थलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले एकै पटक गर्न सकिने निर्वाचनलाई कांग्रेस माओवादी गठबन्धनले सत्ताको दुरुपयोग गरी चरण चरणका गराएको आरोप लगाए । 

उनले क्षेत्र निर्धारण आयोगलाई समयसीमाभित्रै प्रतिवेदन तयार गर्न आग्रह गरे । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सार्ने चलखेल गर्न नदिन सरकारलाई खवरदारी गर्नुपर्ने बताए। 

एमालेलाई मधेस विरोधी भनेर कुप्रचार गरिएको भन्दै रावलले त्यसको पछि नलाग्न र कमीकमजोरी भए सच्याउन एमाले तयार रहेको बताए । 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell