PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

अमेरिकाले लगायो उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध



रासस

अमेरिकाले लगायो उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध
फोटो श्रोतः rt.com

वासिङटनः आगामी सेप्टेम्बर १ देखि आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण गर्न अमेरिकाले प्रतिबन्ध लगाएको छ। 

अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिकले उत्तर कोरिया भ्रमणमा जानु खतरा रहेको र नागरिकको सुरक्षाका लागि यो कदम चालिएको हो। 

उत्तर कोरियाको भ्रमणका लागि संयुक्त राज्य अमेरिकी सबै पासपोर्ट गैरकानूनी बनाइने घोषणा गरिएको छ। यो प्रतिबन्ध एक वर्षका लागि लगाइने अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सनले बताएका छन्। 

उत्तर कोरिया प्रतिबन्धको घोषणा पहिलो पटक गत महिनामा नै भएको थियो। उत्तर कोरियाको भ्रमणका क्रममा जेल परेका अमेरिकी विद्यार्थीको मृत्यु्पछि यो प्रतिबन्धको घोषणा गरिएको थियो। तर यसको एकिन मितिको भने तय भएको थिएन। 

अमेरिकी विद्यार्थी ओट्टो वार्मबिएर प्योङयाङ भ्रमणका क्रममा जेल परेका र  त्यसैक्रममा उनको स्वास्थ्य स्थिति अत्यन्त नाजुक भई उनी कोमामा गएका थिए। कोमामा नै रहेको अवस्थामा उनको मृत्यु भएको थियो। 

युनिभरसिर्टी अफ भर्जिनियाका २२ वर्षीय ती विद्यार्थी वार्मबिएरलाई उत्तर कोरियाविरुद्ध प्रचार गरेको आरोपमा उत्तर कोरियास्थित एक होटेलबाट पक्राउ गरी एक वर्षभन्दा बढी थुनामा राखिएको थियो। 

उनको स्वास्थ्य स्थिति अत्यन्त नाजुक अवस्थामा पुगेर कोमामा नै उनलाई घर फर्काइएको र तर उनलाई बचाउन भने सकिएन। 

वार्मबिएरको मृत्युपछि यस्ता दुखान्त घटना र निर्दोष नागरिकको हत्या रोक्ने प्रतिबद्धता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए। 

वार्मबिएरको मृत्यु नै तनाव सिर्जना भएको अवस्थामा उत्तर कोरियाले हालै दुई पटकसम्म गरेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा अमेरिकाको रहेको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell