PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

झापामा करेन्ट लागेर एक र नहरमा डुबेर एक जनाको मृत्यु



रासस

झापा : करेन्ट लागेर आज बिहान झापामा एक जनाको मृत्यु भएको छ। करेन्ट लागेर बिर्तामोड नगरपालिका–६ बुट्टावारीका  २३ वर्षीय सन्देश राईको मृत्यु भएको हो।

मल्टिप्लक जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो। उता गौरादह–१ का अन्दाजी ४५ वर्षीय मंगल हस्द सतार नजिकैको लाल नहरमा डुबेको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell