PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सीक्रेट सुपरस्टारको ट्रेलर, आमिरको फेरी पूर्ण नयाँ रुप



पहिलोपोस्ट

सीक्रेट सुपरस्टारको ट्रेलर, आमिरको फेरी पूर्ण नयाँ रुप

फिल्म ‘सीक्रेट सुपस्टार’ को ट्रेलर सार्वजनिक भएको छ। बलीउड स्टार आमिर खानको नयाँ फिल्मको ट्रेलर बुधबार युट्युबमार्फत सार्वजनिक भएको हो। २४ घण्टा नबित्दै ट्रेलर विश्व युट्युब ट्रेन्डिङमा नम्बर १५मा रहेको छ।

फिल्म आमिर खानले निर्माण गरेका हुन्। उनले फिल्ममा अभिनय समेत गरेका छन्। आमिरसँगै दंगलकी कलाकार जायरा वसीम प्रमुख भूमिकामा देखिएका छन्। ट्रेलरमा देखाइए अनुसार फिल्ममा पारिवारिक बन्धनका कारण लुकेर आफ्नो गायन कला सार्वजनिक गर्ने बालिकाको कथा देखाउँछ। चर्चित गायिका बन्ने सपना पूरा गर्न उनले युट्युबलाई माध्यम बनाउँछिन्। तर उनी बुर्का लगाएर, अनुहार लुकाएर मात्र सार्वजनिक हुन्छिन्।

‘सीक्रेट सुपस्टार’मा जायरा वसीम, आमिर खान, राज अर्जुन र मेहर विजको अभिनय रहेको छ। अद्वैत चन्दनको लेखन तथा निर्देशनमा फिल्म बनेको हो। बनेको फिल्म ‘सीक्रेट सुपस्टार’ १९ अक्टूबरबाट प्रदर्शनमा आउँदैछ।

हेर्नुस् ट्रेलर:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell