PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

काठमाडौँको फोहर फाल्न गरेको अवरोध तत्कालका लागि हट्यो, माग सम्वोधन गर्ने काठमाडौंका मेयरको प्रतिवद्धता



रासस

काठमाडौँको फोहर फाल्न गरेको अवरोध तत्कालका लागि हट्यो, माग सम्वोधन गर्ने काठमाडौंका मेयरको प्रतिवद्धता

नुवाकोट : काठमाडौं उपत्यकाको फोहर फाल्न ओखरपौवावासीले पुर्याएको अवरोध खुलेको छ। 

फोहर व्यवस्थापन कमजोर भएको भन्दै बुधबारदेखि स्थानीय बासिन्दाले अवरोध गरेकामा आगामी आइतबारसम्मका लागि अबरोध नगर्ने सहमति भएको ककनी गाउँपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले जानकारी दिए। 

फोहर फाल्न अवरुद्ध गरिएपछि नुवाकोट र धादिङका अतिप्रभावित क्षेत्रका जनप्रतिनिधि र काठमाडौँ महानगरपालिकाका प्रमुखबीच भएको छलफलमा सहमति भएकाले आजदेखि फोहर व्यवस्थापन गर्न सहज भएको हो। 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँग नुवाकोट ककनी गाउँपालिक वडा नं १, २ र ३ तथा धादिङको धुनीबेँसी नगरपालिकाको वडा नं १ र ३ गरी पाँच वडाका वडाध्यक्षले भेटेर फोहर व्यवस्थापनमा गम्भीर बन्न गरेको आग्रहमा शीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। 

महानगरपालिकाका प्रमुख शाक्यसँग भएको छलफल तथा जनाएको प्रतिबद्धता वडाध्यक्षले स्थानीयवासीलाई जानकारीसहित आज सम्बोधन गरेर आइतबारसम्मका लागि फोहर फाल्ने दिने बताएका छन्। 

फोहर व्यवस्थापन गर्न प्रमुख शाक्यले प्रतिबद्धता जनाएको र आइतबार प्रभावित क्षेत्रमै अवलोकन गर्न आउने बताएपछि तत्कालकाका लागि अवरोध खुलाएको ककनी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष घननाथ बजगाईले जानकारी दिए। 

स्थानीयवासीले अवरोध नगर्ने जनाएपछि काठमाडौँबाट फोहर बोकेका गाडी ओखरपौवामा आउन थालेका छन्। 

ओखरपौवाको सिसडोलमा फालिँदै आएको उपत्यकाको फोहर विसर्जनपश्चात् माटोले पुर्नुपर्ने र कीटनाशक औषधि छर्कनुपर्ने माग राखेर बुधबार दिनभर फोहर विसर्जनमा अवरोध गरेका थिए।

तत्कालका लागि फोहर व्यवस्थापनको माग राखेपनि अहिले फोहर फाल्दै आएको स्थान सिसडोलको विकल्पमा प्रस्ताव गरिएको बञ्चरेडाँडामा डम्पिङ क्षेत्र सञ्चालन गर्न महानगरपालिकाको प्रमुखसमक्ष वडाध्यक्षले माग गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell