
काठमाडौं : भोलीदेखि लण्डनमा वर्ल्ड एथ्लेटिक्स च्याम्पियन सुरु हुँदैछ। जहाँ विश्वका उत्कृष्ट एथलेटहरुको सहभागिता रहनेछ र च्याम्पियन बन्न प्रत६स्पर्धा हुनेछ।
त्यसैमध्ये छोटो दुरीमा दौडने जमैकाका महान धावक उसेन बोल्ट वर्ल्ड च्याम्पियनसपछि सन्यास लिने घोषणा गरिसकेका छन्।
उनलाई क्यानडाका युवा स्प्रीन्टर आन्द्रे डे ग्रासले कडा चुनौती दिने बताएका थिए।
तर च्याम्पियनसिप सुरु हुनु अघि मात्र ह्यामस्ट्रिङ चोटका कारण डे ग्रास बाहिरिएका छन्। अब बोल्टको उनको चुनौती सामना गर्नुपर्ने छैन।
२२ वर्षिय डे ग्रासलाई बोल्टको सक्सेसरको रुपमा समेत हेरिदै आएको छ।
डे ग्रासले सन् २०१६ को रियो ओलम्पिमा २ सय मिटरमा शिल्भर तथा सय मिटर र ४ गुणा सय मिटर रिलेमा ब्रोन्ज मेडल जितेका थिए।
उनले जुनमा स्वीडेनको स्टकहोमका सय मिटर दुरी ९.६९ सेकेण्डमा पूरा गरेका थिए।
डे ग्रासले इन्जुरी खेलको एक पाटो हो र यसको समय अभागी भएको बताए।
'वर्षैभरी म लण्डनको सय मिटर रेसका लागि फोकस थिएँ। म मेरो जीवनकै उत्कृष्ट फर्ममामा थिएँ र विश्वकै उत्कृष्टसँग प्रतिस्पर्धा गर्ने तयारीमा थिएँ। यो अवसर नहुनु मेरो लागि असोचनिय हो तर यो सत्य हो जुन मैले सामना गरिरहेको छु।'
डे ग्रासका म्यानेजर पउल डोएलले उनलाई तयार राख्न सक्दो प्रायस गरेपनि सफल हुन नसकेको प्रतिक्रिया दिए।
यस वर्षको वर्ल्ड एथलेटिक्स च्याम्पियनसिप अगस्ट ४ देखि १३ तारिखसम्म लण्डनमा हुँदैछ।