PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

जापानी प्रधानमन्त्री आबेद्वारा विदेश र रक्षामन्त्री नियुक्त



रासस

जापानी प्रधानमन्त्री आबेद्वारा विदेश र रक्षामन्त्री नियुक्त
फोटो श्रोतः dailysignal.com

टोक्यो : जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानमा बिहीबार नयाँ विदेशमन्त्री र रक्षामन्त्री नियुक्त गरेका छन्। 

जापानको सरकारमाथि पछिल्लो समयमा विभिन्न विषयमा आलोचना गरिएको छ। आलोचनाहरुको खण्डन गरिरहेका प्रधानमन्त्री आबेले बिहीबार नयाँ विदेश र रक्षामन्त्री नियुक्त गरेका हुन्। 

जापानको नयाँ विदेशमन्त्रीमा तारो कोनोलाई नियुक्त गरिएको छ। उनी जापानका पूर्व विदेशमन्त्रीका छोरा हुन्। त्यसैगरी जापानको नयाँ रक्षामन्त्रीमा इत्सुनोरी ओनोदेरालाई नियुक्त गरिएको छ। उनी जापानको पूर्वरक्षा सचिव थिए। 

जापानको रक्षामन्त्रीबाट तोमोमी इनादाले गत हप्ता राजीनामा दिएका थिए। जापानी प्रधानमन्त्री आबेको दलको गठबन्धनका रुपमा रहेका उनले राजनीतिक विवादका कारण राजीनामा दिएका बताइएको थियो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell