PahiloPost

Jun 24, 2025 | १० असार २०८२

प्रियङ्का चोपडाले आफ्नै फिल्मको मलायालम भर्सन बनाउने



पहिलोपोस्ट

प्रियङ्का चोपडाले आफ्नै फिल्मको मलायालम भर्सन बनाउने

प्रियङ्का चोपडा बलिउडमा तिब्र रुपमा चर्चा बटुल्दै गरेकी अभिनेत्री हुन्। बलिउड मात्र नभएर साउथ इन्डियन फिल्म इन्डस्ट्रीमा पनि उनको चर्चा बढ्दो छ। अभिनय मात्र नभएर फिल्म निर्माण र सामाजिक कार्यमा पनि अगाडी रहेकी छिन्। उनको फिल्म कम्पनी पर्पल पेबल पिक्चर्समार्फत उनले नेपाली भाषाको फिल्म 'पाहुना' निर्माण गर्दैछिन्।

अब भने उनले मलायालम भाषामा साउथ फिल्म बनाउने भएकी छिन्। प्रियङ्काले नयाँ फिल्म बनाउन लागेकी भने होइनन्। उनले आफ्नै नेशनल अवार्ड बिजेता फिल्म 'भेन्टिलेटर' रिमेक गर्न लागेकी हुन्। फिल्म बन्ने बारे पर्पल पेबलको तर्फबाट प्रियङ्काकी आमा मधु चोपडाले जानकारी दिएकी हुन्। बलिउड हंगामाले जनाए अनुसार मधुले मलायालम फिल्ममा हुने राम्रो कन्टेन्ट र बढ्दो फिल्म दर्शकका कारण फिल्म निर्माण गर्न लागिएको हो। मधुले भनिन्,'तेलेगु र तामिलमा फिल्मको धेरै बिकास भैसक्यो त्यसैले हामीले मलायालम भाषामा काम गर्न लागेका हौं।'

उनले फिल्मको लागि कलाकार र निर्देशक चाडै टुङ्गो लाग्ने जनाइन्। भेन्टिलेटरको हिन्दी भर्सनलाई राजेश मपुस्करले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा प्रियङ्कासँगै आशुतोष गोवारिकर, जितेन्द्र जोशी लगायतको अभिनय थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell