PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कांग्रेस र माओवादीलाई भट्टराईको आरोपः राजपालाई एमालेविरुद्ध उपयोग गरियो



रासस

कांग्रेस र माओवादीलाई भट्टराईको आरोपः राजपालाई एमालेविरुद्ध उपयोग गरियो

जनकपुरधामः नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई एमालेविरुद्ध उपयोग गरिरहेको आरोप लगाएका छन्। 

जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले संविधान संशोधनका बारेमा बसेर कुरा गर्न एमाले तयार भएपनि राजपा टाढा बस्नु चिन्ताको विषय भएको बताए। उनले राजपाको जनमत चुनावबाट नै जोगिन सक्ने बताए। 

भारतले कतिपय सवालमा हेप्ने प्रवृत्ति राखेको र त्यसबारेमा एमालेले ध्यानाकर्षण गराउँदा एमालेलाई भारत विरोधी भनी आरोपित गर्नु न्यायसंगत नभएको भट्टराईले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell