PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

काठमाडौँको विद्युत प्रसारण प्रणालीमा किन समस्या ?



रासस

काठमाडौँको विद्युत प्रसारण प्रणालीमा किन समस्या ?

काठमाडौँ  :  रत्नपार्क वितरण केन्द्रअन्तर्गतको प्रसारण प्रणालीमा समस्या देखिएपछि ठमेललगायतका क्षेत्रमा विद्युत् कटौती भएको छ। 

प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार बुधबार साँझदेखि अवरुद्ध भएको विद्युत् प्रसारण आज साँझ ६ बजेपछि मात्रै सञ्चालनमा आउनेछ। प्राधिकरणले समस्या आएको स्थानको खोजी गर्दै मर्मतसम्भार गरिरहेको जनाएको छ। 

भक्तपुरका विभिन्न स्थानमासमेत प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले आज दिनभर विद्युत् प्रसारण कटौती गरिएको जनाइएको छ।

प्राधिकरणका अनुसार निकोसेरा, राधेराधे, नयाँ ठिमी, गट्ठाघर, कौशलटार, बालकोट, लोकन्थली, दधीकोट, गुन्डु र सानोठिमी क्षेत्रमा विद्युत् कटौती हुनेछ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell