PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

न्यू इयरमा 'ह्याप्पी न्यू इयर'



पहिलोपोस्ट

न्यू इयरमा 'ह्याप्पी न्यू इयर'

काठमाडौं: फिल्म 'ह्याप्पी न्यू इयर'को रिलिज मिति फाइनल भएको छ। फिल्म युनिटले विहिबार टिजरमार्फत रिलिज टार्गेट सार्वजनिक गरेको हो। फिल्मको टिजर युट्युबमार्फत रिलिज गरिएको हो। अंग्रेजी नयाँ वर्ष २०१८ को छेको पारेर आउँदो पुष १४ गते (२९ डिसेम्बर)मा रिलिज हुने भएको छ।

नयाँ वर्षको माहोलमा घटेको एक घटनालाई कथाबस्तु बनाएको फिल्म 'ह्याप्पी न्यू इयर'को सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिएको हो। देव कुमार श्रेष्ठ निर्देशित फिल्मलाई आरके एम प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा राती थापाको लगानी छ।

लभस्टोरी जनराको यो फिल्ममा कुशल थापा, पुकार गौतम, संध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ। अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ।

हेर्नुस् टिजर:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell