PahiloPost

Jun 24, 2025 | १० असार २०८२

दशरथ रंगशालामा बनाउनमै चुनौती, मन्त्री भन्छन् मेरै कार्यकालमा ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला



पहिलोपोस्ट

दशरथ रंगशालामा बनाउनमै चुनौती, मन्त्री भन्छन् मेरै कार्यकालमा ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला

काठमाडौं : युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आफ्नै कार्यकालमा ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा गरेका छन्। ७२ सालको भूकम्पले ध्वस्त भएको दशरथ रंगशाला अहिलेसम्म नबनिरहेका बेला मन्त्री केसीले भने आफ्नै कार्यकालमा सातवटै प्रदेशमा अन्तराष्ट्रिस्तरका रंगशाला निर्माणको घोषणा गरेका हुन्।

'नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्नको लागि ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने छौं,' मन्त्री केसीले भने, 'मैले यसको लागि अहिलेदेखि नै अवधारणा अघि सारिसकेको छु।'

मन्त्री केसीका अनुसार नेपालगन्ज, पोखरा, झापा, विराटनगर जनकपुर लगायतका शहरहरुमा अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने योजना छ।

केसीले भुकम्पपछि ध्वस्त भएको काठमाडौंमा रहेको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको रंगशालाको समेत मर्मत सम्भार भैरहेको उनले जानकारी दिँदै आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाई सुदृढ र सबल बनाएर जाने उद्घोष गरे।

'खेलकुद क्षेत्रमा अहिले समस्यै समस्या छन्, एन्फा, ओलम्पिकदेखि क्रिकेट संघमा समेत विवाद छन्,' केसील भने, 'अहिले १ सय ८० संघ छन्, सबैमा समस्या छन्, विभिन्न संघहरुमा देखिएका सबै समस्याहरुलाई हल गर्नुपर्छ।’

उनले खेलकुद क्षेत्रमा भएको अश्वभाविक राजनीति अन्त्य गर्ने पनि घोषणा गरे। 'खेलकुदमा राजनीतिकरण भएको छ, यसलाई न्यूनिकरण गर्नु मेरो पहिलो प्राथमिकता हो,' केसीले भने, 'म खेलकुद क्षेत्रमा कुनैपनि हालतमा राजनीति गर्न दिन्न।'

उनले खेल क्षेत्रलाई व्यवसायिकरण गर्नु आफ्नो अर्को योजना सुनाए। भने, 'विश्वमा धेरै खेलाडीहरुले खेलकै माध्यामबाट अर्बौ/खर्बो रुपैयाँ आर्जन गरिरहेका छन्।'

मन्त्री केसील डेढ वर्षभित्रै नेपालमा हुने दक्षिण एसियादी खेलकुद तयारीमा नेपाली खेलाडीहरुलाई क्लोज क्याम्पमा होम्याईसकेको बताए। 'सागको लागि हामीले २८ वटा खेलको तयारी गरेका छौं,' केसीले भने, 'अहिलेदेखि नै तयारी धमाधम भैरहेको छ।'

खेल क्षेत्रको विकास गर्न एक अर्ब ६० करोड छुट्याइएको भन्दै युवाहरुको लागि कम बजेट भएपनि खेलको विकासको लागि बजेट पर्याप्त हुने बताए।

'खेल क्षेत्रका लागि धेरै ठूलो बजेट छुट्याईएको छ, त्यही अनुसार अब हरेक खेलहरुको विकास र स्तरोन्नती हुन्छन्, मेरो कार्यकालमा म परिवर्तनको आभाष दिलाएरै छाड्छु,’ केसीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell