PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

बम टिपेर फाल्ने प्रहरी सहायक निरीक्षकलाई मञ्चले गर्‍यो नगद ५१ हजारसहित सम्मान



पहिलोपोस्ट

बम टिपेर फाल्ने प्रहरी सहायक निरीक्षकलाई मञ्चले गर्‍यो नगद ५१ हजारसहित सम्मान

काठमाडौंः पूर्वनेपाल प्रहरी परिवार मञ्च, बेलायतले प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर रानालाई बिहीबार सम्मान गरेको छ।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानालाई नगद ५१ हजार तथा प्रमाणपत्र प्रदान गरे।

स्थानीय तह निर्वाचनको क्रममा दाङको तुल्सीपुर उपमहानगरपालिका–३ स्थित प्रतापपुर अम्बास आवासीय बिद्यालयस्थित मतदान केन्द्रमा खटिएका रानाले अज्ञात व्यक्तिले प्रहार गरेको बम तत्कालै टिपेर फाल्दा केही पर खोल्सामा पुगेर बिष्फोट भई निष्क्रिय भएको थियो।

बहादुरीपूर्वक बम फालेर ठूलो जनधनको क्षति हुनबाट जोगाएको भन्दै मञ्चले रानालाई सम्मान गरेको हो।

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले रानाप्रति मञ्चले गरेको सम्मानले संगठनका समग्र सदस्यलाई नैतिक बल प्राप्त भएको बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell