PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

अन्तरघातका कारण निर्वाचनमा कांग्रेस पछि पर्‍यो : महामन्त्री कोइराला



रासस

अन्तरघातका कारण निर्वाचनमा कांग्रेस पछि पर्‍यो : महामन्त्री कोइराला

गौशाला : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली कांग्रेसको भोट बैंक भएको बताएका छन्। 

महोत्तरीको बर्दिवासस्थित नेपाली कांग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले कांग्रेसले सधैँ प्रदेश नं २ मा बढी सिट ल्याएर चुनाव जित्दै आएकाले यो प्रदेश भोट बैंकको रुपमा रहेको बताए। 

महामन्त्री कोइरालाले २ नं प्रदेशबाहेक अन्य प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा अन्तरघातका कारण कांग्रेस पछि परेको बताए।

उनले सबै वर्ग जाति र समुदायका साथै आन्दोलनरत पक्षका संविधान संशोधनलगायतका माग कांग्रेसले नै पूरा गर्ने भएकाले यस प्रदेशमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो दललाई पूर्ण बहुमतका साथ जिताउन आग्रह गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell