बलिउड स्टार दिलिप कुमारको स्वास्थ्य बिग्रदो छ। बुधबार उनको स्वास्थ्यमा खराबी आएपछि परिवारले मुम्बई लिलावती अस्पताल पुर्याएको थियो। मिडडे डट कमका अनुसार अस्पतालले उनको स्वास्थ्यमा सुधार नआएको जनाएको छ। जसका कारण उनलाई आइसियुमा लगिएको हो।
९४ वर्षिय दिलिप कुमारलाई किड्नीको समस्या छ। उनकी पत्नि साइरा बनुले बढ्दो उमेरका कारण उनीमा अन्य समस्या पनि देखिएको छ। भनिन्,'घरबाट ल्याउँदाभन्दा अवस्थामा सुधार छ। डाक्टरहरुले राम्रो ख्याल राख्नु भएको छ।'
उनको उपचारमा खटिएका डाक्टर जलिल परकारले भने,'उनको किड्नी फेल भएको छ। त्यसैले आइसियु सिफ्ट गराएका हौं।'
गत वर्ष अप्रिलमा दिलिप कुमार ज्वरोका कारण अस्पताल भर्ना भएका थिए। बलिउडका सुपस्टार कहलिएका दिलिप कुमारको असली नाम मोहम्मद युसुफ खान हो।
६ दशक बलिउडमा बिताएका उनले मधुमती, देवदास, मुगल ए आजाम, गंगा जमुना, राम और श्याम, कर्म लगायत फिल्ममा अभिनय गरेका छन्। ट्राजिक अभिनय कलाबाट चर्चामा आएका उनलाई ट्राजिडी किङको उपमा समेत दिइयो। उनले गरेको अन्तिम फिल्म कोएला सन् १९९८ मा सार्वजनिक भएको थियो। उनी दादासाहेब फल्के अवार्ड १९९४ र पद्म विभूषण २०१५ बाट सम्मानित भएको थिए।