काठमाडौं: फिल्म 'रोमियो एण्ड मुना'को तीज गीत सार्वजनिक भएको छ। फिल्म प्रचारको लागि फिल्म युनिटले 'डानसमा म एक नम्बर' बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक गरेको हो।
माघ २६ गतेबाट मात्र प्रदर्शनमा आउने भएपनि गीत भने पर्व तीज लक्षित गरी रिजिल भयो। गीतमा शब्द फिल्म निर्देशक दिनेश राउतले दिएका छन् भने संगीत कोशिस क्षेत्रीको रहेको छ। तीज विशेष डान्सिङ नम्बरमा स्वर कोशिस क्षेत्री, मिना निरौला, झुमा निरौला, दीपा लामाले दिएका छन्।
भिडियोमा कोरियोग्राफी गोविन्द राईको रहेको छ। जसमा बसुन्धरा भूषाल, सुस्मा कार्की, सृष्टि श्रेष्ठ र मेनुका प्रधानको फिचरिङ रहेको छ।
फिल्मलाई नरेश कुमार केसीले निर्देशन गरेका हुन्। प्रशसन्न गोपाली, कविन शाक्य, विनय श्रेष्ठ निर्मित फिल्मलाई दिपाङ्कर सिक्दर र बाबु श्रेष्ठले खिचेका हुन्। हालसम्म फिल्मको नब्बे प्रतिशत छायाँकन सम्पन्न भएको फिल्म युनिटले जानकारी दिएको छ।
निर्देशक नरेश कुमारले भने,'दुईवटा गीत र केही दृश्यहरु खिच्न बाँकी छन्। सबै जसो छायाँकन धरानमा गरिएको छ।' घमण्डी युवक र सरल युवती बिचको प्रेमकथा रोमिया एण्ड मुनाको मुख्य विषय हो। विनय श्रेष्ठ र सुष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ।
हेर्नुस् सार्वजनिक भिडियो: