PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

तालिबानको आक्रमणमा अफगानिस्तानमा दुई अमेरिकी सैनिकको मृत्यु, चार घाइते 



रासस

तालिबानको आक्रमणमा अफगानिस्तानमा दुई अमेरिकी सैनिकको मृत्यु, चार घाइते 
फोटो श्रोतः time.com

अफगानिस्तानः अफगानिस्तानको कान्दाहारस्थित एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 

अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले तालिबानको आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका जानकारी दिएको हो।
आक्रमणमा परी अन्य चार नेटो आवद्ध सैनिक घाइते भएका छन्। 

घाइते हुने सैनिक पनि अमेरिकी सैनिक नै रहेको अफगानिस्तानको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ। 

आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको छ। आक्रमणका क्रममा अफगान नागरिकको हताहतको समाचार भने आएको छैन। 

अफगानिस्तानमा सन् २०१५ को अन्त्यदेखि नेटो सैनिक फर्किएको भनिए पनि हाल १३ हजार सैनिक भने बाँकी रहेका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell