PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

नेमार किन्न पिएसजीले पठाएको २२२ मिलियन युरो ला लिगाद्वारा अस्विकार



पहिलोपोस्ट

नेमार किन्न पिएसजीले पठाएको २२२ मिलियन युरो ला लिगाद्वारा अस्विकार

नेमारको बार्सा-पिएसजी ट्रान्सफरमा नयाँ ट्विस्ट थपिएको छ। सुरुमा बार्सिलोनाले नेमारको रिलिज क्लब २२२ मिलियन युरो तोक्यो। त्यसपछि नेमारलाई भित्राउन लागि परेको फ्रान्सेली क्लब पिएसजी पनि उक्त रमक तिर्न तयार भयो।

बार्सिलोनाले यसअघि नै त्यति ठूलो रकम तिर्न तयार भएको पिएसजीलाई खेलाडी किनबेचको नियम तोडेको आरोपमा युइएफएमा अपिल गर्ने पनि बताएको थियो।

यसैबीच नेमारको लयर २२२ मिलियन रिलिज क्लब जम्मा गर्न ला लिगाको अफिस पुग्यो तर ला लालिगाले भने त्यो चेक डिपोजिट गर्न ठाडै अस्विकार गरेको हो।

लयर हुवान डे क्रेस्पो अन्य दुई साथीसँगै बिहबार बिहान मड्रिडमा रहेको ला लिगा अफिस पुगेको थियो।

तर अहिलेसम्म ला लिगाले उक्त रकम स्वीकार नगरेको स्पानिस मिडिया एएसले जनाएको छ।

'हामी नेमारको रिलिज क्लब डिपोजिट गर्न उनका लयर ला लिगाको अफिसमा आएको पक्का गर्छौँ र यो अस्विकृत भएको छ' ला लिगाको स्टेटमेन्टमा भनिएको छ, 'यो नै हामीले अहिले बाहिर दिने सूचना हो।'

ला लिगाको अफिसले रिलिज क्लब अस्विकार गरेपछि नेमार त्यसको लागि अपिल गर्न फिफा जाने तयारीमा रहेको पनि एएसले उल्लेख गरेको छ।

फ्रान्सेली क्लब पिएसजीले यसै विकेण्डमा नेमारलाई आफ्नो खेलाडीको रुपमा प्रस्तुत गर्ने तयारी गरिरहेको थियो। तर विकसित नयाँ ट्रविस्टपछि पिएसजीको अभियानमा केही धक्का लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell