PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

खोलाले बगाएर भक्तपुरमा एक महिलाको मृत्यु



रासस

खोलाले बगाएर भक्तपुरमा एक महिलाको मृत्यु

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोट खड्का गाउँस्थित ठाडो खोलाको भेलले बगाउँदा आज एक महिलाको मृत्यु भएको छ। 

दिउसो खोला तर्ने क्रममा बगाएर सोही ठाउँकी ५६ वर्षीया सत्यवती खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए। 

खोलाले बगाएको करिब एक घण्टा पछि उनको शव सूर्यविनायक नगरपालिका–७ पार्टीचौरमा फेला परेको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell