PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भारतीय संसदमा मोदीको नेपाल नीतिको विरोध 



पहिलोपोस्ट

भारतीय संसदमा मोदीको नेपाल नीतिको विरोध 

नयाँ दिल्ली : भारतको संसदमा नेपाल लगायत भारतबाट असन्तुष्ट देशहरुको उदारहण दिँदै एक संसदले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीतिको कटू आलोचना गरेका छन्। 

भारतीय कांग्रेसका सभासद आनन्द शर्माले नेपाल, पाकिस्तान र चीनबीच चिसिएको सम्बन्धबारे प्रस्ट पार्दै मोदीको विदेश नीतिको विरोध गरेका हुन्। 

सभासद शर्माले भने, 'पीएम विदेशका नेतासँग अङ्गालो हालेरै भेट गर्छन्। यसमा सबैको फाइदा त्यो बेला हुन्छ जब केही प्राप्त हुन्छ।'
भारतसँग नेपालको सम्बन्ध परिर्वतनको समिकरणबारे बताउँदै शर्माले प्रधानमन्त्री मोदीलार्इ संसदमा आफ्नो विदेश भ्रमणबारे केही जानकारी नदिएको समेत आरोप लगाए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell