PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

जनकपुर पुगेर प्रधानमन्त्रीले भने-संविधान संशोधन प्रस्ताव पारित गराएरै छाड्छौं



रासस

जनकपुर पुगेर प्रधानमन्त्रीले भने-संविधान संशोधन प्रस्ताव पारित गराएरै छाड्छौं

जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी जनताको भावनानुरूप काँग्रेसले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पारित गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 

तेस्रो चरणको स्थानीय तहको निर्वाचन सन्दर्भमा काँग्रेस केन्द्रीय समिति र जिल्ला कार्यसमिति धनुषाद्वारा बिहीबार जनकपुरमा आयोजित २ नं का प्रादेशिक कार्यकर्ता भेलालाई सम्बोधन गर्दे प्रधानमन्त्रीले मधेसले नै काँग्रेसलाई बचाएको र मधेसले नै काँगेसलाई जिताएको इतिहासलाई जीवन्त राख्न तेस्रो चरणको निर्वाचनमा काँग्रेसले अग्रता लिनैपर्ने बताए। 

प्रधानमन्त्री देउवाले हुलाकी राजमार्गलाई पूर्णता दिने सन्दर्भमा आफ्नो भारत भ्रमणमा भारतीय सरकारलाई आग्रह गर्ने बताउँदै नागरिकता, पूर्वपश्चिम रेल्वे, द्रुतमार्ग र निजगढमा विमानस्थल जस्ता विषय छिट्टै टुङ्ग्याइने जानकारी दिए। 

उनले मधेसको माग सम्बोधनअन्तर्गत थुनिएकालाई छाड्ने र मुद्दा फिर्ता लिने कार्यलाई मूर्तता दिने प्रयास जारी रहेको बताए।

प्रधानमन्त्री देउवाले निर्वाचन जित्ने उम्मेदवारको सिफारिस गर्न जिल्ला कार्यसमितिलाई निर्देशन पनि दिए। उनले नेकपा एमालेले पहाडी राष्ट्रवादको नारा अघि सारेर समाजमा विभाजन र मनोमालिन्य उत्पन्न गर्न उद्यत देखिएको भन्दै त्यसबाट सजग रहन आग्रह गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell