PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

क्यान्सरपीडित कैदीको कारागारमै मृत्यु



पहिलोपोस्ट

क्यान्सरपीडित कैदीको कारागारमै मृत्यु

रत्ननगर: चितवनको भरतपुरस्थित जिल्ला कारागारमा एकजना कैदीको बिहीबार मृत्यु भएकोछ। विराटनगर घर भएका ४२ वर्षीया कैदी अम्बिका कामतको स्तन क्यान्सरका कारण मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिए।

उनका अनुसार रोगबाट गम्भीर भएपछि क्यान्सर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालले नसकिने भनेर पठाएपछि फर्काइएकी कामतको भरतपुर अस्पतालमा ल्याएपछि मृत्यु भएको हो। कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्षको कैद सजाय तोकिएको थियो। एक वर्षअघि पाल्पाबाट चितवनमा सारिएकी उनले आठ वर्ष कैद झुक्तान गरिसकेको कारागारले जनाएको छ।

यसैगरी, यही साउन १३ गते पनि मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको पनि कलेजोको क्यान्सरका कारण मृत्यु भएको काफ्लेले जानकारी दिए। गत चैत दोस्रो साता सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेलको क्यान्सर रोगका कारण मृत्यु भएको थियो।

भरतपुर कारागारमा अझै तीनजना क्यान्सर रोग लागेका कैदी छन्। कारागारमा क्षमताभन्दा तेब्बर बढी अर्थात ५६९ कैदी र थुनुवा रहेको कारागारले जानकारी दिएको छ। यसकारण यहाँका कैदी र थुनुवामा सकस हुँदै आएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell