PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

फ्राइडे रिलिज: जब ह्यारी मेट सेजल र द डार्क टावर पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज: जब ह्यारी मेट सेजल र द डार्क टावर पर्दामा

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत कुनै पनि नेपाली फिल्म पर्दामा उत्रेनन्। गत साता सार्वजनिक फिल्म प्रेमगीत २ले नै मल्टिप्लेक्स एवं सिंगल थिएटरमा शो पाइरहेको छ।

बलिउडतर्फबाट शाहरुख खान र अनुस्का शर्मा स्टारर 'जब ह्यारी मेट सेजल' प्रदर्शनमा आएको छ। फिल्मले नेपालका अधिकांश सिंगल एवं मल्टि पर्दामा शो पाएको छ। इम्तियाज अली निर्देशित फिल्मलाई गौरी खानले निर्माण गरेकी हुन्। फिल्ममा अन्य कलाकार सायानी गुप्ता, इभिलिन शर्मा, चन्दन रोय, पारस अरोरा लगायतको अभिनय रहेको छ।

रोमान्टिक कमेडी जनराको फिल्म शाहरुख र अनुस्का एकसाथ चौथो फिल्म हो। यसअघि रब ने बना दि जोडी, जब तक है जान र ए दिल है मुश्किलमा यी तीनले काम गरेका छन्। फिल्मले मुख्य दुई पात्रको युरोप भ्रमण, भेट र सिर्जना हुने अवस्थाहरुको कथा बोल्छ।

त्यस्तै हलिउडका लागि 'द डार्क टावर' प्रदर्शनमा आएको छ। अमेरिकन साइन्स फिक्शन फिल्मको निकोलाज आर्सेलले पटकथा लेखन तथा निर्देशन गरेका हुन्। फिल्मको कथा भने स्टेभेन किङको उपन्यास द डार्क टावरमा आधारित हो। फिल्ममा इडरिस एल्बा, म्याथिउ म्याककोनाउगे, टम टेलर, क्लाउडिया किम, फ्रान क्रान्ज, एब्बी लि लगायतको अभिनय रहेको छ।

११ वर्षिय एडभेन्चर सिकरले सिर्जना गर्ने मिड- वल्डको कथा बोल्ने फिल्मले मल्टिप्लेक्समा शो पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell