
काठमाडौँ: ह्यान्डसम हंक नेपाल २०१७ को ग्राण्ड फिनाले यहि श्रावन २५ गते हुने भएको छ। विश्व मिडिया प्रालिको आयोजनामा भैरहेको प्रतियोगिताको अन्तिम चरण बुधबार राष्ट्रिय नाच घर जमलमा हुने निश्चित भएको होl
अन्तिम छनौटमा पर्न सफल पच्चिस सहभागीहरु बिच अब प्रतिस्पर्धा हुनेछ। प्रतियोगीहरु अहिले क्लोज ट्रेनिङमा व्यस्त छन्। युवाहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइरहेको ईभेन्टका कोरियोग्राफर नायक दिवस धितालले जानकारी दिएl
टप २५ प्रतियोगीहरु सुबोध पाण्डे, प्रविन परियार, नीपुन राज श्रेष्ठ, सौगात भट्टराई, जनक जंग शाह, सुप्रत बस्नेत, मनिष गौतम, उत्तम राज पाण्डे, दिपेन्द्र सिंह कार्की, संदेश पुरी, रोमन प्रजापति, अनुप मिश्र, आशिर्बाद नेपाल , बिकाश शाह, ओम प्रकाश आचार्य, कारण पौडेल, प्रसन श्रेष्ठ, प्रमोद त्रिपाठी, रबिन देउजा, सन्दिप तामाङ, तिमेश श्रेष्ठ, समिर कामत, अरबिन सिंह, रिजन बिष्ट र श्री कृष्ण श्रेष्ठ रहेका छन्l
आयोजक बिक्रान्त पौडेलले भने,’पुरुष सौन्दर्य प्रतियोगीताले नेपाली युवाहरु बीच व्यक्तित्व विकास र आफूसँग भएको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुर्याउँछ।‘