PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, ७९ दशमलव ४४ प्रतिशत उत्तीर्ण



रासस

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, ७९ दशमलव ४४ प्रतिशत उत्तीर्ण

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। 

परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए। परीक्षामा १७ जना परीक्षार्थीको नतिजा रद्ध भएको उनले जानकारी दिए।

त्यसैगरी आंशिकतर्फ नौ हजार ४८९ जना परीक्षार्थी सहभागी भएकामा चार हजार १३७ जना परीक्षार्थी अर्थात् ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले जानकारी दिए। 

अन्य विषयको नतिजा भने भदौ १५ गतेसम्ममा सार्वजनिक गर्ने प्रयास गरिएको बोर्डले जानकारी दिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell