4.jpg)
काठमाडौं : राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्य, प्रेरणा कोइराला, संरक्षकका भाइ सम्यकभूषण र रायना शाह प्रथम एएनएलटीए-जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन्। आ–आफ्नो स्पर्धामा च्याम्पियन बनेका संरक्षकले यु–१८ ब्वाइज सिंगल्स, प्रेरणा यु–१४ गर्ल्स सिंगल्स, सम्यकले यु–१४ ब्वाइज सिंगल्स तथा रायनाले यु–१२ गर्ल्स सिंगल्समा पहिलो भए।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको यु–१८ ब्वाइज सिंगल्सको राउन्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा संरक्षकले निनवाम राईलाई ६–०, ६–० ले सहजै पराजित गरे। चार खेलाडी सहभागी उक्त स्पर्धामा संरक्षक सबै तीन प्रतिद्वन्द्वीलाई हराउन सफल भए। सो स्पर्धामा प्रणव खनालले साम्राज्ञ कट्वाललाई ६–०, ६–० को सीधा सेटमा हराउदै दोश्रो भए। उनले दुई खेलमा जित हात पारे। एक खेलमा विजयी साम्राज्ञ तेश्रो भए
यु–१४ गर्ल्स सिंगल्सको फाइनलमा प्रेरणाले सलोनी तामाङलाई सीधा सेटमा ६–३, ६–३ ले पाखा लगाइन्। प्रतिद्वन्द्वी आदित सुवेदीबाट फाइनलमा वाक ओभर पाएपछि सम्यकलाई भने उपाधि जित्न गाह्रो भएन। यु–१२ गर्ल्स सिंगल्समा च्याम्पियन बनेकी रायनाले ईशाश्रीको चुनौती ६–४, ६–० ले समाप्त पारिन्।