PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

टेलिभिजनमा अन्तरवार्ता दिँदैगर्दा जाम्वियाका विपक्षी नेता पक्राउ



रासस

टेलिभिजनमा अन्तरवार्ता दिँदैगर्दा जाम्वियाका विपक्षी नेता पक्राउ
फोटो श्रोतः vanguardngr.com

जाम्विया :  जाम्वियाको प्रहरीले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा अन्तरवार्ता दिइरहेका बेला विपक्षी दलका एक जना नेतालाई पक्राउ गरेको छ। 

विपक्षी दल युनाईटेड प्रोग्रेस पिपुल्स (युपीपी) का नेता साभिओर चिसिम्बालाई राजधानी लुसाकामा डायमण्ड टेलिभिजनमा अन्तरवार्ता दिइरहेका वेला प्रहरीले पक्राउ गरेको हो। 

सादा पोशाकमा आएका प्रहरीले उनलाई पक्राउ गरेका उनको पार्टी युपीपीले पुष्टि गरेको छ। 

पार्टीका प्रवक्ता किटीजो मुकुकाले आफ्ना नेतालाई प्रहरी मुख्यालयमा राखिएको भएपनि अहिलेसम्म पक्राउ गर्नुको कारणका बारेमा केही स्पष्ट नपारेको जानकारी दिए। 

प्रहरी प्रवक्ता इस्थेर म्वाता कातोङगोले पनि उनलाई पक्राउ गरिएको पुष्टि गरेपनि अन्य जानकारी दिन भने अस्विकार गरे। 

पक्राउ परेका विपक्षी दलका नेता चिसिम्बा राष्ट्रपति इड्गार लुङगु नेतृत्वको सरकारका खरो आलोचक हुन् भने सरकारकोतर्फबाट हालै भएको भ्रष्टाचारसम्बन्धी केही विवरणहरू पनि प्राप्त गरेका छन्। 

नेता चिसिम्बाले हालै मात्र ‘हाम्रो पैसा फिर्ता देउ’ नामक पुस्तक प्रकाशित गरेका छन्। सरकारी अधिकारीले धेरै भ्रष्टाचार गरेका छन् त्यसका विरुद्धमा अभियान चलाउनु पर्छ भन्ने आशय पुस्तकमा भएको बताइएको छ। 

सरकार विरोधी अभियानकै कारण उनलाई केहीदिनदेखि सुरक्षाकर्मीले पछ्याईरहेका थिए। 

अहिले पक्राउ गरिएका नेताकै पार्टीका अर्का नेता हकैन्डे हिचिलेमालाई पनि गत अप्रिलमा राजद्रोहको मुद्धा लगाई पक्राउ गरिएको थियो। 

राष्ट्रपति लुङ्गुले गत महिना संकटकालको घोषणा गर्दै नागरिकलाई निगरानी गर्न तथा पक्राउ गर्न प्रहरीलाई थप अधिकार दिएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell