PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

'प्याडम्यान' बने अक्षय कुमार, पोस्टर



पहिलोपोस्ट

'प्याडम्यान' बने अक्षय कुमार, पोस्टर

गरिब र अशिक्षित महिलाहरुलाई सुलभ मूल्यमा स्यानिटरी प्याड किन्न प्रोत्साहन गर्ने र प्रयोग गर्न सिकाउने पद्मश्री अरुणचनलम मुरुगानाथमको कार्य प्रेरणादायी छ। उनले गरेको कार्य र उनको जीवनमाथी फिल्म निर्माण गरिन् ट्विङकल खन्नाले। फिल्मको नाम दिइयो ‘प्याडम्यान’।

अभिनय तथा लेखन कार्यमा पनि सक्रिय अभिनेत्री ट्विङलले पद्म श्रीको कथामा फिल्म निर्माण भएको 'प्याड म्यान'को फस्टय लुक ट्विटर मार्फत सार्वजनिक गरेकी छिन्। पोस्टरमा फिल्मका मुख्य अभिनेता रहेका खन्ना पती अक्षय कुमारको फिचरिङ रहेको छ।
 

आर बल्की निर्देशित फिल्मले अरुणचनलम मुरुगानाथमको कथा भन्नेछ। थोरै रकममा भारतका विभिन्न गाँउमा लोकल स्यानिटरी प्याडको प्रयोगलाई प्रोत्साहन गर्ने उनी पहिलो व्यक्ति हुन्। अन्य कलाकार सोनाम कपूर र राधिका आप्तेको शिर्ष भूमिका रहेको फिल्म सन् २०१८ को अप्रिल १३मा सार्वजनिक हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell