काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारीसमेत तोकेका छन्।
प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोकेका हुन्।
लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ। रासस