PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

‘प्रेमगीत २’को बक्सअफिस कलेक्शन, नाफाको दौडमा फिल्म



पहिलोपोस्ट

‘प्रेमगीत २’को बक्सअफिस कलेक्शन, नाफाको दौडमा फिल्म

काठमाडौं: वर्ष सुरुवातमा सार्वजनिक भएको फिल्ममध्य सर्वाधिक ग्रस कलेक्शन गर्ने फिल्म बनेको छ ‘प्रेमगीत २’। फिल्मले सातदिनमा ४ करोड १७ लाख ८२ हजार ३ सय ६२ रुपैयाँ कमाएको बिक्रेता गोबिन्द शाहीले जानकारी दिए।

देशभर ६० पर्दामा एकसाथ सार्वजनिक भएको फिल्मले मोफसलबाट १ करोड ८७ लाख र राजधानीबाट २ करोड ३० लाख रुपैयाँ उठाएको हो। शाही भन्छन्,’ब्रान्ड भ्यालु, हिरो क्रेज, वर्ड अफ माउथका कारण फिल्म चलेको बिक्रेता बताउँछन्। कलेक्शनको ४७% नेट निर्माताले प्राप्त गर्नेछन्। मोफसलबाट मात्रै नेट ८५ लाख सेयर र काठमाडौंबाट झन्डै १ करोड १३ रुपैयाँ सेयर निर्माताले पाउनेछन्।

२ करोडमा निर्माण भएको फिल्मले करिब लगानी सुरक्षित गरेको छ। फिल्मको डिजिटल र इन्टरनेशनल राइट्स हाइलाइट्स नेपालले फिल्म प्रदर्शन अघि नै ७० लाखमा किनेको थियो। फिल्मले दोस्रो साता पनि हलहरुमा शोज पाएको छ।

रामशरण पाठक निर्देशित फिल्ममा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ। देशभक्ति प्रेमकथा बोकेको सिनेमालाई आशुसेन फिल्मसले निर्माण गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell