PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

नदीको दोभानमा थुनिएका २७ जनाको यसरी गरियो उद्धार



रासस

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चिउरी खोलाको दोभानमा थुनिएका २७ जनाको गएराति अबेर उद्धार गरिएको छ। गोठाला गएकाहरु निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव उच्च भएपछि थुनिएका थिए। 

वडा अध्यक्ष जगतबहादुर सिंह, जेपी स्पोर्टस् क्लबका पदाधिकारी र सशस्त्र प्रहरीसहितको टोलीले थुनिएकाको चार घण्टाको अथक प्रयासपछि सकुशल उद्धार गरेको जेपी स्पोर्टस् क्लबका अध्यक्ष दीपक भट्टले जानकारी दिए।

खोलाको दोभानमा थुनिएका गोठालाले घरमा फोनमार्फत जानकारी दिएपछि वडाध्यक्ष सहितको टोली उद्धारका लागि पुगेको थियो । 

यसैबीच, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित घर कटुवा खोलामा स्थानीय बासिन्दाले साताअघि बनाएको काठे पुल घर कटुवा खोलाले बगाएको छ। खोलामा गएराति आएको बाढीले पुल हो। पुल बगेपछि नौखरी सिसैयाका बासिन्दाले खोला तर्न सास्ती खेप्नु परेको छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell