PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

चीन–पाकिस्तान आर्थिक कोरिडोर कार्यान्वयनमा पाकिस्तान प्रतिबद्ध



रासस

चीन–पाकिस्तान आर्थिक कोरिडोर कार्यान्वयनमा पाकिस्तान प्रतिबद्ध

इस्लामावाद :  पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री सहिद खक्वान अब्बासीले चीन पाकिस्तान आर्थिक कोरिडोर नामक आयोजनाको सकुशल कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका छन्। 

बिहीबार पाकिस्तानमा चिनियाँ राजदूतसँगको भेटमा प्रधानमन्त्री अब्बासीले  यस आयोजनाअन्तर्गतका अरु सबै आयोजनाको सफल एवम् समयमै पूर्णता, कार्यान्वयन र सम्पन्नताका लागि आफैले निरीक्षण गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

उनले भने, ‘यस चीन पाकिस्तान आर्थिका कोरिडोरको माध्यमबाट हाम्रो आर्थिक क्रियाकलापमा पनि बृद्धि हुने र यसका माध्यमबाट देशको अर्थतन्त्रको विकासमा पनि सहयोग पुग्नेछ।’ 

बिहीबार साँझ चिनियाँ राजदूत र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटवार्ताका क्रममा चिनियाँ राजदूतले चिनियाँ प्रधानमन्त्रीकातर्फबाट उनलाई बधाई दिएका थिए। 

बधाई सन्देशमा चिनियाँ प्रधानमन्त्रीले अब्बासीको नेतृत्वमा दुई देशको सम्बन्ध आगामी दिनमा थप सुमधुर बन्ने भन्दै उनीसँग मिलेर काम गर्न चीन तत्पर रहेको जानकारी गराएका थिए। 

भेटका क्रममा चिनियाँ राजदूतले गएको करिब चार वर्षयता चीन र पाकिस्तानबीचको सम्बन्ध थप सुदृढ भई नयाँ उचाईमा पुगेको भन्दै आगामी दिनमा पनि यो सम्बन्धले निरन्तरता पाउने बताए।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell