PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एनएमए निर्वाचन शनिबारः  पाँच निर्विरोध निर्वाचित



रासस

एनएमए निर्वाचन शनिबारः  पाँच निर्विरोध निर्वाचित

काठमाडौँ :  नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को निर्वाचन भोलि शनिबार हुँदैछ। 

बिहान ८ देखि साँझ ५ बजेसम्म हुने निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। एनएमएमा एक हजार ३९ मतदाता छन्। 

निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र निर्वाचनलाई व्यवस्थित तथा मर्यादित बनाउन व्यवस्था मिलाइएको एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए। 

नयाँ नेतृत्वका उम्मेदवारी दिएका जिम्बाजाङ्बु शेर्पा र सन्तवीर लामाको छुटृछुटै समूहले बिहीबारसम्म चुनावी प्रचारप्रसारलाई तीव्र पारेका थिए। 

दुवै समूहले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न छुट्टाछुट्टै व्यावसायिक भेला र छलफल गर्नुका साथै एसएमएसबाटसमेत मतदातालाई आकर्षित गरिरहेका छन्। 

उम्मेदवार परिचयात्मक कार्यक्रममा भेटिएका अध्यक्षका प्रत्यासी शेर्पाले पुराना आरोही व्यवसायीको समूह भएकाले जित आफ्नो पक्षमा हुने दाबी गरे। उनले एनएमएको व्यावसायिक छविलाई जोगाउन आफ्नो समूहको नेतृत्व जरुरी भएको उल्लेख गरे। 

निर्वाचनको औपचारिक प्रचार बिहीबार सकिए पनि आजबाट एसएमएस प्रचार गरिएको एनएमए महासचिवका प्रत्यासी बोधराज भण्डारीले बताए। 

निर्वाचनमा शेर्पालाई नेपाली काँगे्रसनिकट नेपाल पर्यटन व्यवसायी सङ्घ (निट), नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीको समर्थन छ भने लामालाई एमाले निकट राष्ट्रिय नेपाल पर्यटन व्यवसायी संगठन र नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी संगठनले साथ दिएको छ। 

पाँचजना निर्विरोध निर्वाचित 

एनएमएको नयाँ नेतृत्वका लागि पाँचजना निर्विरोध निर्वाचित भएका छन्। संस्थागततर्फ एक र आरोहीहरुको तर्फबाट (रातो बुक होल्डर) चार गरी पाँच जना निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित हुनेमा क्रमशः पासाङ भोटे शेर्पा, आङ्दाबा शेर्पा, मिङमा डेबिट शेर्पा, नवङनर्बु शेर्पा र कपिल पाण्डे छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell